काठमाडौं : नेपालमा हालसम्मकै ठूलो नगद पुरस्कार रहेको नेपाल भ्लग च्यालेन्जको पाँच उत्कृष्ट प्रतियोगी छनोट भएका छन्। गतसाता निश्चल बस्नेत, सिसन बाँनिया, रोहित शाक्य र मिलन थापा रहेको जुरी मेम्बरले उत्कृष्ट ११ जनाको छनोट गरेका हुन्।
झापाका विश्वाश राई, रामेछापका प्रज्वल थापा मगर, गोदावारीका रोशन महर्जन, तनहुँका सुजन गौतम र ललितपुरका आशुतोष बाराहीलाई पब्लिक भोटिङबाट ५ उत्कृष्टमा छनोट भएका छन्। नेपाल भ्लग च्यालेन्ज प्रतियोगिता, नेपाल भरिका भ्लगरहरुलाई एकत्रित गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय भ्लगरसँग सहकार्य गर्ने अवसर जुटाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्था पार्टि नेपालकी डिजिटल चिफ शिवानी प्रधानले जानकारी दिइन्।
यो च्यालेन्ज नेपालमा नौलो भएपनी अबको पुस्ताहरुको लागि कन्टेन्ट क्रियटर भ्लगिङ्ग पेसा संसारकै सबैभन्दा आकर्षक बन्दै गएको छ। नाम र दाम दुवै आर्जनका साथै विभिन्न देश विदेश घुम्ने, नौलो परिकार, पहिरन र श्रृङ्गार सामाग्रीको रेभ्यु सरल भाषामा गरिने भएकाले भ्लगिङ पेशाको माग उच्च रहदै आएको छ।
विश्वप्रसिद्ध ब्रान्डदेखि सामान्य रेस्टुरेन्टहरुले भ्लगर तथा कन्टेन्ट क्रियटरहरुको प्रयोग गर्ने क्रम नेपालमा पनि बढ्दै गएको आयोजकले बताए। नेपाली युवाहरुमा रहेको प्रतिभालाई हौस्याउन तथा प्रबर्द्धन गर्न हामी लाग्ने र विश्व बजारमा रहेको मागलाई नेपाली युवाहरुले सम्बोधन गर्न सक्ने दक्ष जन शक्ति उत्पादन गर्न पार्टी नेपालले विभिन्न प्रशिक्षण कार्यक्रमहरुको आयोजना पनि गर्ने लक्ष्य रहेको प्रधानले बताइन्।
आगामी अक्टोबर १७ सम्ममा नेपालले भोटिङ्गद्वारा १ जना बिजेता चुन्नेछ। विजेताले नगद पुरस्कार १० लाखसहित, विश्व प्रसिद्ध भ्लगरसँग सगरमाथा आधार शिविरमा रहेको ग्लेसियरको बारेमा भ्लग बनाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।