काठमाडौं– नेपाल चलचित्र कलाकार संघले २०७६ सालदेखि महान चाड बडा दशैंको अवसर पारेर आयोजना गर्न थालेको बडा दशैं, तिहार, नेपाल संबत् तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा नवदुर्गा भवानीको प्रसाद ग्रहण गरिएको थियो ।

नेपाल चलचित्र कलाकार संघले एक–आपसमा आत्मियताका साथ आफन्तको अनुभुति गराउने र कलाकारहरुबीच एक–अर्काप्रति सद्भाव, सदाचार एवं भाईचारा बढाउन यस प्रकारको कार्यक्रम थालनी गरेको जनाएको छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले स्वागत भाषण र संघका कोषाध्यक्ष सुनिल कटवालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा संघका सल्लाहकार कृष्ण मल्ल, विशिष्ट चलचित्रकर्मी पुरन जोशी, नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, चलचित्र संघका उपमहासचिव गोपालकाजी कायस्थ, जनजाती चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सनुवार, नेपाल चलचित्र संघका अध्यक्ष मदुसुदन प्रधान, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, विशिष्ट चलचित्रकर्मी लय संग्रौला, प्रथम नेपाल भाषाको चलचित्र शिलुका नायक जय श्रेष्ठ, संघका जेष्ठ सदस्यहरु पदम प्रसाद पौडेल, लक्ष्मण बिक्रम बस्नेत, वसन्त खत्री, विशिष्ट कलाकार आर पी पन्त, नेपाली चुल्होका प्रबन्ध निर्देशक दुर्लभ कार्की, पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा, नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा, सांस्कृतिक संघका महासचिव शिवशंकर रिजाल, कलाकार संघको अमेरिका शाखाका प्रस्तावित अध्यक्ष बिक्रान्त बस्नेत, कामनपा वडा नं २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले यस प्रकारको आयोजनाले आपसी सम्वन्ध सुदृढ हुनुका साथै वर्तमान अवस्थामा चलचित्र क्षेत्र चलायमान बनाउन मद्दत मिल्ने बताउनु भयो ।

सबै वक्ताहरूले कोभिडले थला पारेको चलचित्र क्षेत्रलाई आ-आफ्नो तर्फबाट माथि उठाउन प्रयास गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । नेपाल चलचित्र कलाकार संघका जेष्ठ सदस्य पदम प्रसाद पौडेलबाट चलचित्रकर्मीहरूले दुर्गा भवानीको प्रसाद र अक्षता ग्रहण गरेका थिए । दुर्गा भवानीको प्रसाद अक्षता ग्रहण अवधीभर संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले चण्डीका मन्त्र र स्तोत्र पाठ गर्नु भएको थियो । कार्यक्रमको संचालन संघका कार्यकारी सदस्य गोपाल ढकाल छन्देले गर्नु भएको थियो ।

कार्यक्रममा प्रसाद अक्षता ग्रहणसंगै चलचित्र जाँच समितिका सदस्य तथा संघका कार्यसमितिका सदस्य राजेश महर्जनले प्रति व्यक्ति ३३ रूपैयाँ दक्षिणा पनि प्रदान गर्नु भएको थियो । कार्यक्रमको व्यवस्थापन संघका उपाध्यक्ष सानु कुमार ताम्राकार ,कार्यकारिणी सदस्यहरू जीवन थापा, उद्धव भट्टराई, गोपाल ढकाल छन्दे, रामेश्वर बुर्लाकोटी, राजेश महर्जनले गर्नु भएको थियो । कार्यक्रममा अधिकामंश चलचित्रकर्मीहरूले आफुले पाएको दक्षिणामा रकम थप गरी संघलाई सहयोग स्वरूप उक्त रकम हस्तान्तरण गर्नु भएको थियो ।

रकम हस्तान्तरण गर्नेहरूमा सुनिल कटुवाल (५,१३३ रुपैयाँ), जीवन थापा (५,००० रुपैयाँ), शमिर लामा (३,३३३ रुपैयाँ), गोपाल ढकाल छन्दे (३,००० रुपैयाँ),नवराज दुरा बैध्य (२,१०० रुपैयाँ), गीता अधिकारी (२,००० रुपैयाँ), रोशन राज मिश्र (१,५४० रुपैयाँ), भिमा मैनाली (१,१०० रुपैयाँ), प्रतिक्षा खड्का (१,०५० रुपैयाँ), हरिचन्द्र फुयाँल (१,००० रुपैयाँ), कमल खड्का (१,००० रुपैयाँ), बद्री पुडासैनि (५३५ रुपैयाँ), बसन्त बहादुर खत्री (५३३ रुपैयाँ), टेकेन्द्र न्यौपाने (५०५ रुपैयाँ), रिया श्रेष्ठ ( ५०१ रुपैयाँ), सालीग्राम कार्की (२५५ रुपैयाँ), पवित्रा पाण्डे (२१० रुपैयाँ) हुनुहुन्छ ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाले आफ्नो मन्तव्य राख्नु हुदै सहभागी सम्पूर्ण चलचित्रकर्मीहरूलाई धन्यवाद दिनुका साथै यसप्रकारका आयोजनाले वर्तमान स्थितिमा चलचित्र क्षेत्र चलायमान बनाउन एकताको सन्देश प्रवाह हुने कुरा बताउनु भयो । कार्यक्रममा नयाँ र पुराना पुस्ताका गरी दुईसय भन्दा बढी चलचित्रकर्मीहरूको सहभागिता रहेको संघको उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया