काठमाडौं : नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंह डान्स रियालिटी सोको प्रमुख निर्णायक बन्ने भएकी छन्। एक टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको च्याम्पियनसिपमा निरुतासँगै मोडल आश्मा विश्वकर्मा र जगत रावल पनि निर्णायकको रुपमा रहने छन् ।

पहिलोपटक रियालिटीको प्रमुख निर्णायक हुन पाउँदा धेरै खुशी मिलेको अभिनेत्री निरुता बताँउछिन्।

सोको लागि डिजिटल अडिसन भैसकेको निर्देशक गजित बिष्टले जानकारी दिएका छन्। साथै सो मेगा अडिसनपछि ३४ भागमा रहनेछ। मंगबार पत्रकार सम्मेलन गरी सोको बारे जानकारी दिइएको थियो। इन्टरनेशनल डान्स एकेडेमीले प्रस्तुत गरेको यो सोमा उत्कृष्ट ३०, २० हुँदै अघि बढ्ने बताइएको छ।

तपाईको प्रतिक्रिया