गायन क्षेत्रमा बिगत लामो समयदेखि आफुलाई एक युवा गायकको रुपमा चिनाउदै आइरहेको प्रबिन श्रेष्ठ अहिले गायनसंगै कलाकारितामा पनि देखिन थालेको छ । मिठो स्वरको धनी गायक प्रबिन केही बर्ष यता कामको शिलशिलामा वैदेशिक जीवन बिताईरहेको हुदा उनको आवाजलाई गीत संगीत प्रेमीहरुले सुन्न पाईरहेको छैन । तर बेलामा बेला उनी सामाजिक संजाल मार्फत आफ्ना शुभचिन्तकहरुलाई खुसी भने पारिरहेको हुन्छ्न ।

भर्खरै सार्वजनिक भएको प्रेमिल गीत ` मायालु ´ मा उनी एक लिड कलाकारको रुपमा प्रस्तुत भएको छ। कोरियाको रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त गीतमा रेवन्त भण्डारीको शब्द गायन रहेको छ । गीत निकै प्रेमिल रहेको छ। गीतको भावमा डुब्दै प्रबिनलाई मोडल प्रमिला कार्कीले साथ दिएको छ। भिडियोलाई दिपक पौडेलले खिचेका हुन भने सम्पादन मनोज कार्किको रहेको छ भने भिडियो निर्देशन स्वयंम प्रबिन श्रेष्ठले गरेका हुन।

तपाईको प्रतिक्रिया