वि.सं. २०७८ मंसिर ७ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ नोभेम्बर २३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, चन्द्रास्त : बिहान ०८:४८ बजे र चन्द्रोदय : बेलुका ०७:५५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, मार्गशीर्ष कृष्णपक्षको चतुर्थी (चौथी) तिथि, बेलुका ०९:३७ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, आर्द्रा नक्षत्र, दिउँसो ११:५१ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), शुभ योग, मध्यरात्रीपछि ०६:१५ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा बब करण बिहान ०८:४४ बजेसम्म, त्यसपछि बालब करण बेलुका ०९:३७ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : चर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य (बेलुका ०९:३७ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : बेलुका १०:३८ पछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व,आज : सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, मङ्गल चतुर्थी व्रत, मङ्गल चौथी (मङ्गलवारको व्रत थाल्ने दिन), आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन),

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०८ गते : मूहुर्त : अन्नप्राशन(पास्नी), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), कर्णवेध(कान छेड्ने), गृहवास्तु जुरेको दिन, घर छाउने/ढलान गर्ने, दीक्षाग्रहण (मन्त्र लिने), ०९ गते : मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कर्णवेध(कान छेड्ने), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, दैलो राख्ने (द्वारचक्र), पुराणश्रवण, १० गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रोजगारी र व्यापार/व्यवसायमा आज विशेष महत्त्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्द्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धि हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुनेछ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउने छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धनार्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सोचेको काम बनाउन समय र धन दुबै पक्षमा अनावश्यक खर्च बढ्नसक्छ । व्यवसायमा थप लगानी बढाउन उपयुक्त समय छैन । लामो दूरीको यात्रा र वैदेशिक कामकाजमा पनि भनेजस्तो फाइदा लिन सकिंदैन, धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मन आलस्य, डर र चिन्ताले जरो गाड्ने छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ काममा हात हाल्नु हँदैन । धनव्यय र सञ्चित धनको नाश हुने सङ्केत छ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आत्मविश्वासको खाँचो हुनेछ, तर दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाचस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्नसक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्नेछ । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ क्रां क्रीं क्रौं स: भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भ्रामरीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

तपाईको प्रतिक्रिया