बहुप्रतिक्षित प्यान इन्डियन फिल्म ‘आरआरआर’को ट्रेलर डिसेम्बर ३ मा रिलिज हुने भनिएको थियो । तर निर्माण टिमले फिल्मको ट्रेलरलाई तोकिएको मितिमा रिलिज गर्न सकेनन् ।

अप्रत्यासित परिस्थितिका कारण बताउँदै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज मितिलाई स्थगित गरेका छन् । फिल्म ‘आरआरआर’को आधिकारिक ट्विटर पेजमा ट्विट गर्दै निर्माण टिमले लेखेका छन्– ‘अप्रत्यासित परिस्थितिका कारण हामी डिसेम्बर ३ मा ‘आरआरआर’को ट्रेलर रिलिज गर्दैनौँ । हामी छिट्टै नयाँ मिति घोषणा गर्नेछौँ ।’

स्वतन्त्रता सेनानी, कोमाराम भीम र अल्लुरी सीतारामराजुको चरित्रलाई मुख्य स्थान दिँदै निर्माण गरिएको ‘आरआरआर’मा जुनियर एनटिआर र रामचरण मुख्य भूमिकामा छन् । फिल्ममा आलिया भट्ट, अजय देवगन, ओलिभिया मोरिस, रे स्टिभेन्सन र एलिसन डुडीको पनि अभिनय रहेको छ । फिल्म तेलुगु, तमिल, मलायालम, कन्नड र हिन्दी भाषामा रिलिज हुनेछ ।

तपाईको प्रतिक्रिया