काठमाण्डौ पौष १२ – हरेक श्रोता तथा दर्शकहरुलाई कुनै पनि गीत सुन्न जति सहज र रोमान्चक बन्छ त्यति नै गाउन गाह्रो हुने गरेको हामि पाउँदछौं । तर गायक बल बहादुर थापा ले भने जुनसुकै गीत पनि सरल र सहज रुपमा गाउने गर्दछन् । उनि द्वारा स्वर बद्ध गीत यस भन्दा अगाडी पनि सार्बजनिक भैसकेका छन् । यी संगै बल बहादुर को पछिल्लो गीत “मणिचुडको पानि” बोलको गीत पनि सार्बजनिक भएको छ । प्रस्तुति गीतलाई लय राजेन्द्र भण्डारीले तयार पारेका हुन् भने शब्द सिता दुलाल ढकालको रहेको छ । गीतमा बल बहादुर थापा र रेनुका खतिवडाको सुमधुर स्वर सुन्न सकिन्छ ।
आफुले चाहेको र खोजेको मान्छे अनायासै भेटिएपछी उसको सुन्दरताबाट मोहित भएको कथामा तयार पारिएको “मणिचुडको पानि” बोलको गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र संचिता बोलाखेको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन अमृत चापागाईले गरेका छन् । बल बहादुर थापाको यो पछिल्लो प्रस्तुतिलाई सन्जिब ठकुरी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।