काठमाण्डौ पौष १२ – सय गन्तब्य मध्यको एक गन्तब्य पर्यटकिय स्थल चन्द्रागिरी दहचोक काजि कालू पाँडे समाधि ईन्द्रदह लगायत चन्द्रागिरीका पन्द्रवटै वडा भित्र रहेका विभिन्न धार्मिक सांस्कृतिक पर्यटक तथा एतिहासिक ठाँउहरुलाई समेटेर निर्माण गरिएको “मुखमा मिठा पान” बोलको गीत सार्बजनिक भएको छ । प्रस्तुत गीतमा लय रामकुमार के.सी को रहेको छ भने शब्द रुपेश दानि क्षेत्रीको रहेको छ । रामकुमार कार्की र कमला खड्काको सुमधुर स्वरमा आएको यस गीतको प्रस्तुतकर्ता रामकुमार कार्की र रुपेश दानी रहेका छन् ।
“मुखमा मिठा पान” बोलको गीतको म्युजिक भिडियोलाई युवा पत्रकार राेसन दानी क्षत्रीकाे परिकल्पना तयार पारिएको छ । उक्त गीतको म्युजिक भिडियोमा राजेन्द्र के.सी, रुपेस दानी क्षत्री, दिब्यानी ओली र बालकलाकार साैरभ जंग कार्कीकाे आकर्षक अभिनय देख्न सकिन्छ । जेरी भण्डारी द्वारा निर्देशित माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई छायांकन करण चैसिरले गरेका छन् भने सम्पादन नबिन घर्तीले गरेका छन् ।
साथै यस गीतको म्युजिक भिडियोमा चन्द्रागिरी नगरपालिक भित्रका अन्य मान्यगुन्य व्यक्तित्वहरुको पनि मिश्रण अभिनय देख्न सकिन्छ । सार्बजनिक भएको गीतबाट आनतरिक पर्यटन प्रबर्धनका निमित्त महोत्वपुर्ना भुमिका निर्वाह गर्ने देखिन्छ । “मुखमा मिठा पान” बोलको गीतको भिडियोलाई रामकुमार कार्की नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।