भैरहवा : रुपन्देहीको भैरहवामा माघमा छैठौं लुम्बिनी महोत्सव–२०७८(उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सव) हुने भएको छ । उद्योग व्यापार संगठन (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) रुपन्देहीको आयोजनामा आगामी माघ २६ देखि फागुन ८ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।

महोत्सवबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष अनिल ज्ञवालीले यस पटकको महोत्सवमा विशेष आकर्षणहरु रहने बताए ।

उनले उद्योग, ब्यपार, कृषि, पर्यटनको अलग–अलग डुम बनाईने बताउँदै अहिले महोत्सवको प्रवेशद्वारमा सुरुङ्ग मार्ग बनाईने, बालउद्यान र सेल्फीजोनका साथै महोत्सव सचिवालयलाई आकर्षण र कुनै धार्मिक वा पूरातात्विक झझल्को आउने किसिमले बनाईने बताए ।

ग्रामीण क्षेत्रका स्थानियलाई लक्षितगरि महोत्सवमा कुस्ती, भलिबल, तेक्वान्दो लगायतका खेल पनि प्रस्तुत गरिने छ । महोत्सवमा पर्यटकिय स्थलहरुको परिचयसहित फोटो प्रर्दशनी, कृषि उत्पादनहरुको प्रर्दशनी तथा कृषि उपजबाट निर्मित खानाका परिकार, घरेलु तथा साना उद्योग, महिला हस्तकलाका उत्पादन लगायत गरी चार सय बढी स्टलहरु राखिने भएको छ ।

महोत्सवको लागि बिदाका दिन बाहेक बिहान ८ बजे देखि ११ बजे सम्मको लागि प्रवेश निःशुल्क गरेको आयोजकले जनाएको छ । यस बाहेक अन्य दिनको लागि साधारण टिकट दर ७० रुपैयाँ तोकेको संगठनका अध्यक्ष अनिल ज्ञवालीलले जनाए । बिद्यार्थीको लागि ४० रुपैयाँ, ७० बर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ग, भएकालाइ निःशुल्क प्रवेशको ब्यवस्था गरिएको छ । यस्तै संस्थागत लेटरपेडसहित आउनेलाई ३० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

राष्ट्रलाई आत्मनिर्भर बनाउनुपर्दछ भन्ने उद्देश्य सहित यस क्षेत्रका आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव आयोजना गरिएका संगठनका पूर्व अध्यक्ष खिमबहादुर खत्रीले जनाए ।

भारतीय बजारको तुलनामा नेपाली बजारमै समानहरु सस्तो भएपनि अहिले पनि उपभोक्ताहरु भारत जाने परिपाटीलाई न्यूनिकण गर्न सचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाई छ । उनले यो प्रयासलाई यस पटकको महोत्सवमा पनि निरन्तरता दिने बताए ।

तपाईको प्रतिक्रिया