काठमाण्डौ । नेपाल चलचित्र कलाकार संघका महासचिव, ,जनचेतना नेपालका सल्लाहकार, चर्चित कलाकार तथा निर्माता चेतबहादुर सिंह “राजा” नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको पदाधिकारी बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
नेपाली कांग्रेसको छातामुनि रहेर साँस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको उत्थान, प्रवध्नन र संगठनको समग्र सुदृढीकरणका लागि निरन्तर सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएका कलाकार सिंहलाइ कांग्रेस बिधानको परिछेद ७ को दफा २० (च ) बमोजिम नेपाल सास्कृतिक संघका सभापति तिर्थबहादुर थापाले मनोनित गरेका हुन् ।
कलाकार सिंह विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्र र कलाकारहरुको हकहितको पक्षमा सक्रिय रुपमा निरन्तर लाग्दै आउनु भएको छ । चलचित्र निर्माण संँगै अभिनय गर्दै आउनु भएका उहाँले विभिन्न सामाजिक संघसंस्था मार्फत विभिन्न बृद्धाश्रम , अनाथलय, अस्पताल र विद्यालहरुमा सेवा र सहयोग गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया