दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा उत्कृष्ट मोडल आधुनिक तर्फ मोडल करुणा बस्नेतले अवार्ड चुम्न सफल भएकी छिन । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो । कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो ।
काठमाडौँमा सम्पन्न भएको भब्य अवार्ड समारोहमा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, लोकप्रिय भिडियो निर्देशक प्रकाश भट्ट, संचारकर्मी सबिता पोखरेलले उनलाई ट्रफि(अवार्ड) र उत्कृष्ट मोडलको प्रमाण-पत्र दिएर सम्मान दिएका थिए। ओ प्रिया गीतको म्युजिक भिडियो बाट करुणा बस्नेतले उत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी थिइन्।