दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा पपुलर म्यूजिक भिडियो निर्देशकको अवार्ड प्रभु गुरुङले जित्न सफल भएका छन्। नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो । कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्ष सुर्य चन्दका अनुसार उनको कामको मुल्यांकन गर्दै निर्णायकहरुले उनलाई बर्षको पपुलर म्यूजिक भिडियो निर्देशकको अवार्ड प्रदान गरेका थिए।
कार्यक्रममा संघीय सभासद् माननीय सुजाता परियार, वरिष्ठ निर्देशक, लेखक एवं गीतकार नीर शाह,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडा, पूर्व सेनापति राजेन्द्र क्षेत्री, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र नृत्य कलाकार संघका कार्यवाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र संघका महासचिव गोपालकाजी कायस्थ, चलचित्र सेन्सर बोर्डका सदस्य राजेश महर्जन, वरिष्ठ सौन्दर्यविद् रुस्का श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, लोकप्रिय निर्देशक प्रकाश भट्ट लगायतको उपस्थिति रहेको थियो । “किन हो किन” गीतको म्युजिक भिडियो बाट प्रभुले पपुलर म्युजिक भिडियोको अवार्ड चुम्न सफल भएका थिए ।