काठमाण्डौ चैत्र २२ –  यस क्षेत्रमा व्यवसायिकता लाई ध्यानमा राखेर धेरै गीत संगीतहरु बजारमा आए । तर मौलिकतालाई पनि यथावत राख्नु पर्छ भने सोच बोकेका कलाकारहरु सिमित भेटिन्छन । जस मध्ये हुन् रामकृष्ण थापा र शंकर घिमिरे । यी कलाकार आफ्नो सांगीतिक यात्राको क्रममा मौलिकता बाट कहिले डगमगाएनन् ।

उनीहरु द्वयको मौलिक प्रस्तुति “कालिको जोबन ढल्की जाला” भर्खरै सार्बजनिक भएको छ । प्रस्तुत गीतमा गीतकार मानबहादुर खड्का ‘काका’ को शब्द तथा रामकृष्ण थापाको लय रहेको छ । रामकृष्ण आफैंमा पनि कुशल संगीत संयोजक हुन् । स्मृति गौतम र शंकर घिमिरेको सुमधुर स्वरले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।

भिडियोमा शंकर बहादुर घिमिरे र प्रनिता के.सी को अभिनय देख्न सकिन्छ । शिशिर बुढाथोकी द्वारा निर्देशित “कालिको जोबन ढल्की जाला” बोलको गीतको म्युजिक भिडियोलाई छायांकन दिपक गिरीले गरेका हुन् भने सम्पादन प्रकाश एस.के ले गरेका छन् । गीतलाई फास्ट क्रियसन नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया