काठमाडौँ । बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली युवाहरुको यथार्ततालाई चित्रण गर्दै एक निकै मन छुने गीत सार्बजनिक भएको छ । देशमा स्वरोजगारको सुव्यवस्था नहुँदा र आफ्नो घर परियारको थप जिम्मेवासिको कारण बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न धेरै नेपाली युवाहरु बाध्य भएका छन् । उनीहरुको नै वास्तविक कथामा तयार पारिएको “काखैको लौरी” बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा कुशल विश्वकर्माको सुमधुर स्वर सुन्न सकिन्छ ।

झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको यो “काखैको लौरी” बोलको गीतलाई शब्द शृजना रमेश शर्माले गरेका हुन् भने लय दिलिप रेग्मीले भरेका छन् । मार्मिक कथा बस्तुले भरिएको यस गीतको म्युजिक भिडियोमा दिलिप रेग्मी, दिव्या न्यौपाने, लक्ष्मी शर्मा, चक्र साउद , सन्तोष बराल विष्णु बराल लगायतको अभिनय देख्न सकिन्छ । भिडियोलाई छायाँकन राम केसीले गरेका गरेका हुन् भने अमृत चापागाईँले सम्पादन र दिलिप रेग्मीको निर्देशन रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया