काठमाडौं । दक्षिण अफ्रिकाको डर्वनमा आयोजना हुने बालश्रम सम्बन्धी पाँचौ विश्वव्यापी सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनको तयारी स्वरूप सुझाव सङ्कलन सुरू भएको छ ।
बालहिंसा विरूद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समुहद्वारा वल्र्ड भिजन इन्टरनेशनलको सँगको सहकार्यमा देशभर बालश्रम न्युनिकरणका लागि बनाउनुपर्ने योजना तथा सम्मेलनमा सहभागी हुँदा नेपालको तर्फबाट प्रस्तुत गर्ने कार्ययोजनाबारे सरोकारवाला सबै निकायसँग सुझाव सङ्कलन थालिएको हो ।
बाल श्रम सम्बन्धी पाचाँै विश्व सम्मेलन दक्षिण अफ्रिकाको डर्बनमा मे १५ देखी २० तारिखसम्म आयोजना हुदैछ ।
नेपालले उक्त विश्व सम्मेलनमा उठान गर्नुपर्ने विषयमा बालअधिकारको सवालमा क्रियासिल तथा सम्वन्धीत मन्त्रालय, सङ्घ संस्थाका प्रतिनिधीसँग सातै प्रदेशको आवाज समेट्ने गरी राष्ट्रिय परामर्श गोष्ठीहरूको आयोजना गरिने बालहिंसा विरूद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समुहका अध्यक्ष बेनुमाया गुरूङले बताउनुभयो ।
राष्ट्यि बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले तथ्याङ्कहरूले नेपालमा बालश्रम घट्दै गएको देखाएकोले यसको अन्त्यका लागि हौसला मिलेको बताउनुभयो ।उहाँले बालश्रम न्युनिकरणका लागि जिम्मेवारीहरू सङ्घ, प्रदेश र स्थानीय तहमा विकेन्द्रीकरण हुँदै जानुपर्नेमा जोड दिनुभयो । साईवाकका महानिर्देशक डा। रेन्चेल छोपेलले बालश्रमबारे गरिने सर्वेक्षणहरू परम्परागत भएको टिप्पणी गर्दै त्यसको मुल समस्यातर्फ पनि अब विचार पु¥याउनुपर्ने बताउनुभयो ।

बालहिंसा विरूद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समुह निबर्तमान अध्यक्ष ऋतु भट्ट राईले कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको बालश्रम प्रतिवेदन, २०२१ अनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समुहका करीब ११ लाख बालबालिका श्रममा संलग्न रहेको पाइएको छ ।
उक्त प्रतिवेदन अनुसार दुई लाख ११ हजार करिब तीन प्रतिसत बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउनुभयो ।

उहाँले २६ लाख बालश्रमबाट हाल ११ लाखमा झर्नुलाई प्रगतिकै दृष्टिकोणले हेरे पनि दिगो विकास लक्ष्य अनुसार २०२५ सम्म विश्वबाटै बालश्रम पूर्ण रूपमा हटाउने उद्देश्य पुरा गर्न अझै धेरै काम गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया