वि.सं.२०७९ साल वैसाख २१ गते । बुधबार । ईश्वी सन् २०२२ मे ०४ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–तृतीया, बिहान ०५ बजेर ४५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– मृगशिरा, रातको ०४ बजेर ३१ मिनेट उप्रान्त आद्र्रा । योग– अतिगण्ड, दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त सुकर्मा । करण–गर, बिहान ०५ बजेर ४५ मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृष, दिउसो ३ बजेर १४ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०४ पला । ल।पु। मत्स्येन्द्रनाथ रथयात्रारम्भ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कुटुम्ब तथा आफन्तको सहयोगले राम्रा तथा देखिने कामहरु गर्न सकिनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ । व्यावसाय फस्टाएरु जाने तथा आर्थिक गतिबीधिमा सम्लग्न भई धन तथा सम्पती कमाउन सकिनेछ । घरपरिवारमा मानिससँग जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै राम्रा काम गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउने समय रहेकोछ । नोकरीमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । खाद्यान्न तथा मेडिकल व्यापारमा लगानी गरी आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यावसायमा अरुकै करकापमा लगानी बढाउदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । तरपनि यात्रा गर्न चाहनेहरुका लागी समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय उत्तम रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ काममा हात हाल्ने समय रहेकोछ भने पैत्रिक धन तथा सम्पतीको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा मान्यजनको आशिर्वाद लिईदै अगाडी बढ्नुहोला । कृषि तथा पशुपालन व्यावासायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सवारी साधन तथा भौतिक सम्पती प्राप्तीको योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारबाट राम्रो आम्दानी हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेकोछ । भूमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ । व्यापार व्यावसाय लगानी गरिने मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाइ लेखाइमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ । आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । लामो समय सम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिनेछ । सत्रुमाथी विजय गर्न सकिने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी आम्दानिका स्रोत बढाउन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रतिस्पर्धामा सहभागी हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

 

  • ज्योतिषी दुर्गाप्रसाद भण्डारी

तपाईको प्रतिक्रिया