वि.सं.२०७९ साल वैसाख २६ गते । सोमबार । ईश्वी सन् २०२२ मे ०९ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– अष्टमी, दिउसो २ बजेर ३९ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्लेषा, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त मघा । योग– वृद्धि, बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त ध्रुव । करण–बव, दिउसो २ बजेर ३९ मिनेट उप्रान्त बालव, रातको ३ बजेर ७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कर्कट,दिउसो १ बजेर ५० मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २१ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २० पला । अष्टमीव्रत । श्रीपशुतिमार्दमनार्पण । गोरखकाली पूजा । कानुन दिवस।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीति तथा आफ्नो क्षेत्रमा राम्रा काम गरी प्रभुत्व जमाउन सकिनेछ । अरुको मन जितर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अग्रज,आफन्त तथा साथिभाईको बिषेश भेटघाटले व्यावसायको लागि योजना बनाउन सहयोग पुग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ भने विलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आकर्षित गर्न सकिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आजको समय उत्तम रहेकोले विदेशमा उत्पादन भएका सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समयले साथ दिनेछ । शेयर बजार, बैक,लघुबित्त तथा आर्थिक क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने अग्रज,आफन्तको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढे दिन फलदायी रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक तथा तारिफयोग्य काम गरि चर्चामा आउन सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा राम्रो प्रगति हुने तथा पुरस्कार जित्न सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सामाजिक तथा राजनीतिक काममा रुची बढ्ने तथा राम्रा काम गरी नाम दाम दुवै कमाउन सकिनेछ । धार्मिक प्रवृति बढ्नेछ भने धार्मिक क्षेत्रसँग सम्बन्धित व्याक्तित्व हरुसँग भेटघाट हुनेछ । भाग्यले साथ दिने हुनाले सानो लगानी वा प्रयत्नले राम्रा काम गर्न सकिनेछ । कल्पना तथा तार्किक क्षमतामा बृद्धि हुनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदि बहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समयदेखी गरी आएको काम सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो समयको लागी पद प्राप्तीको योग रहेकोछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ । व्यापार व्यावसाय लगानी गरिने मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घरायसी सेवा सुबिधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेकोछ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने बिपरित लिङगको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । राम्रा काम गरी अरुको बिस्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राम्रा तथा परिणाममूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यातित गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया