ज्योतिषी दुर्गाप्रसाद भण्डारी

वि.सं.२०७९ साल वैसाख २७ गते । मंगलबार । ईश्वी सन् २०२२ मे १० तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– नवमी, दिउसो ३ बजेर २७ मिनेट उप्रान्त दशमी । नक्षत्र– मघा, दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त पू.फाल्ग्ुनी । योग– ध्रुव, बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त व्याघात । करण– कौलव, दिउसो ३ बजेर २७ मिनेट उप्रान्त तैतिल, रातको ३ बजेर ४० मिनेट उप्रान्त गर । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २४ पला । सिताजयन्ती ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईँको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । स्थाई सम्पती तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धी मुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्नेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेकोछ । आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एकअर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । तरपनि कृषि तथा सहकारी व्यावसाय भने फस्टाएर जानेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आट,साहस तथा पराक्रममा बृद्धी हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहेकोछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

तपाईँको कमजोर प्रस्तुतिको फाईमा अरुले नै उठाउन सक्छन् । राजनीतिज्ञ तथा व्यापारीको लागी समय मध्ययम रहेकोछ । व्यापारमा लगानी गर्नको लागी समय मध्ययम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम नहुन सक्छ । पढाइ लेखाइमा मेहनेत गरे अनुसार नतिजा मध्ययम आउनेछ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिस्वास गर्नाले धोका पाईनेछ । तरपनि पढाइ लेखाइमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा लगानिका अवसर जुट्नेछ । लामो दुरिको विदेश यात्राको योग रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

धार्मिक तथा अध्यात्मिक चेतानाले समाजसेवामा मन जागृत हुनेछ । लामो दुरिको धार्मिक यात्रा हुनेछ । सरकारी क्षेत्रमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईको काम गर्दिनाले अन्य काममा हात हाल्न सकिनेछ । खोजीमुलक क्षेत्रमा समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

ठुला तथा महत्वकाक्षी योजनाहरुका लगानी गर्नको लागी केही समय कुर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यका लागी योग तथा साधनमा ध्यान दिनुनै उत्तम रहनेछ । पढाइ लेखाइमा मन नजादा नतिजा तथा पुरस्कार अरुकै हातमा जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागी गरिने क्रियाकलापहरुबाट मनग्ने धन आर्जन गर्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो तथा व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

तपाईको प्रतिक्रिया