मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतिस्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले बिद्या तथा प्रतिस्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढिनै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । न्यायिक निर्णयहरु तर्पांको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ । तरपनि छोटो दुरिको यात्राको तय हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । स्थाई सम्पती तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धी मुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनतको समर्थन पाईने योग रहेकोछ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रगती गर्दै सफलता हात पार्न सकिनेछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । छोटो दुरिको यात्राको तय हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाई तथा छिमेकिसँग घरायसी कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लगानी गर्नको लागी केही समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् । तरपनि आफन्तका साथ रमाईलो गर्दै दिन बिताउन सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बोलिको प्रभाव बढ्नुको साथै तपाईबाट महत्वपूर्ण तथा दुरगामी निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुशि हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ आयामको विकास हुनेछ । कलाकृतिसँग सम्बन्धीत क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
अनाबस्यक विवादले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा समर्थन भन्दा आलोचना बढि हुनेछ । नयाँ प्रविधिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोछ । भोगबिलास तथा रमाईलो क्षेत्रमा खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आउनेछ । मनमा दोधार तथा निर्णय क्षमतामा कमी आउनेछ । तरपनि यात्राको तय हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खर्च भावमा गोचर गर्ने चन्द्रमाले व्यापारमा मन्दि आउने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । नचाहाँदा नचाहाँदै कष्टकर यात्रा नहोला भन्न सकिन्न । छात्रछात्राहरुले अध्ययनमा सपलता प्राप्त गर्न निकैनै समय खर्चनु पर्नेछ । लामो समय देखिको प्रेम सम्बन्धमा खटपट आउन सक्छ । तरपनि विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । छोटो दुरिको यात्राको तय हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँनयाँ बाटाहरु फेला पर्नेछन् । प्राकृतिक स्रोत साधनको प्रयोगबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । आत्मिय मित्रहरुसँग भेटघाट हुने तथा लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सरकारी तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । तरपनि छोटो दुरिको यात्राको तय हुनेछ । आफन्त तथा घरपरिवारका साथ रमाईलो गर्दै समय व्यातित हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
जिम्मेवारी सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपनि अन्तत पार लगाउन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
खानपानको समय नमिल्नाले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । पहिलेका समस्या पुनह बल्झनाले र गोप्यता बाहिर आउनाले मान सम्मानमा कमि हुनेछ । आफन्त तथा दिदिबहिनीहरुको सहयोग नपाईनाले गर्न आटेका कामहरु थाती रहनेछन् । तरपनि नसोचेको धन सम्पती प्राप्तीको योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला सजक नहुदा सामान्य घट्ना हुन सक्छ । व्यापार तथा शिक्षाको सवालमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तजनसँग सामान्य मनमुटाब बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा प्रसस्त समय लगानी गरेमात्र नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । छोटो दुरिको यात्राको तय हुनेछ ।