वि.सं.२०७९ साल जेष्ठ ०१ गते । आईतबार । ईश्वी सन् २०२२ मे १५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– चतुर्दशी, दिउसो १२ बजेर ०८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–स्वाती, दिउसो ३ बजेर २५ मिनेट उप्रान्त विशाखा । योग– व्यातिपात, बिहान ०९ बजेर ३९ मिनेट उप्रान्त वरियान । करण–वणिज, दिउसो १२ बजेर ०८ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर १४ मिनेट उप्रान्त बव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी ३८ पला । ज्येष्ठ संक्रान्ति , पुर्णिमाव्रत , स्याङ्जालसर्घा आलमदेवीपूजा , कुर्म जयन्ती ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विलाशी तथा भौतिक वस्तुको पहिरनले व्याक्तित्वमा चमक आउनेछ । सवारी साधन तथा महंगा वस्तुहरुको प्रयोग मार्फत अरुको ध्यान तान्न सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापारकै सवालमा यात्रा हुने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रतिस्पर्धा तथा सत्रुभाव राख्नेहरु कमजोर हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा मावलीपक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । सानो लगानी वा सानो प्रयत्नले राम्रा तथा उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्कृष्ट रहकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा आफ्नो भन्नेहरुले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मिका लागि समय अन्यदिन भन्दा मध्ययम रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा धेरै कुराहरुका जानकारी लिन सकिनेछ । माया प्रेममा नजिक हुने तथा योग्य बर बधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दागर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउने समय रहेकोछ । नोकरीमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । खाद्यान्न तथा मेडिकल व्यापारमा लगानी गरी आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आम्दानी भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनेछ । लगानी बढाएपनि आम्दानि कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन निकै नै मेहनेत गर्नु पर्नेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँनयाँ बाटाहरु फेला पर्नेछन् । प्राकृतिक स्रोत साधनको प्रयोगबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । आत्मिय मित्रहरुसँग भेटघाट हुने तथा लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरी नाँफा कमाउन सकिनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक उन्नती हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको कामबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पढाइ लेखाइमा मन जानेहुँदा नतिजा अफ्नै पोल्टोमा पार्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धीत सामानको व्यापार बढ्नेछ । पढाई लेखाई वा खोजिमुलक कामकै लागी लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईँको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । तपाईँका सुचनाहरु बहिरिने हुँदा मान सम्मानमा कमिको महशुष हुनेछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नुभन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब बढ्नेछ ।

तपाईको प्रतिक्रिया