मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ ।प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोत साधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु होला । समग्रमा दिन उत्साहपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्म सम्मानमा चोट पुग्न सक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
इच्छा शक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
अलि बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउने देखिन्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
आय आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पति पत्नीमा पनि अविश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
बौद्धिक कार्यबाट मनग्य धन लाभ हुनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ ।

तपाईको प्रतिक्रिया