मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्न लाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
नसोचेको ठाँउबाट धन लाभ हुने देखिन्छ, साथै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
आज धन लाभको संभावना छ । साथै, टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसँग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला । रोग निम्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनु पर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । सोचेभन्दा कम फाइदा मिल्नेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । अवसर आएपनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवम् कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
होसियारी साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले कीर्ति दिलाउनेछ ।

तपाईको प्रतिक्रिया