वि.सं.२०७९ साल आषाढ ०४ गते । शनिबार । ईश्वी सन् २०२२ जुन १८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– चतुर्थी, बिहान ०८ बजेर ३ मिनेट उप्रान्त पंचमी । नक्षत्र–श्रवण, दिउसो १ बजेर ३ मिनेट उप्रान्त धनिष्ठा । योग– वैधृति, बेलुकी ०७ बजेर ३३ मिनेट उप्रान्त विष्कुम्भ । करण–बालव, बिहान ०८ बजेर ०३ मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर ५८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ३५ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुची बढ्नेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानीबाट सुरु गरिएको व्यावसाय फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईंलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला । प्रेममा अबिश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । आफन्त दिदि बहिनीसँग मनमुटाब सिर्जना हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय राम्रो रहेकोले एकल तथा साझेदारी व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार कै सवालमा पनि लामो दुरिको यात्राको तय हुने योग रहेकोछ । विलाशी वस्तुको खरिद बिक्रीबाट आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै अग्र पंक्तिमा तपाईँको नाम आउनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुलाई हराउदै परिवार तथा गुरुवर्गहरुका अगाडी प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईँको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट लामो समय सम्म आम्दानी भईरहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
श्वास प्रश्वास तथा छाती सम्बन्धी समस्याले दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । सामाजिक काममा मन जाने भएपनि समर्थन गर्नेहरु कमै भेटिनेछन् । व्यापारमा लगानी गरेपनि आम्दानी कमनै हुनेछ । आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । तरपनि घरजग्गा तथा पैत्रिक भुमिमा गरिने व्यावसाय फस्टाएर जानेछ । साझपख अध्ययनमा मन जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लेखन कला तथा साहित्यमा समय लगानी गरी आफ्ना सिर्जनाहरु जनमानसमा लैजान सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले सवारि चलाउँदा ध्यान दिनुहोेला । प्रेममा अबिश्वास सिर्जना हुने योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धन सम्पती तथा आर्थिक अवस्था सुदृड बनाउदै प्रगती पथमा लम्कन सकिनेछ । व्यापार व्यवसायबाट अरुदिनभन्दा नाँफा बढी लिन सकिनेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पती तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिस्वास गर्नाले धोका पाईनेछ । तरपनि पढाइ लेखाइमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा लगानिका अवसर जुट्नेछ । लामो दुरिको विदेश यात्राको योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । बिषेश गरी तरल पदार्थ तथा खनिज पदार्थसँग सम्बन्धीत बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराएर अगाडी बढ्न सकिनेछ ।