काठमाडौं ः गायक अर्जुन पन्त र गायिका जमुना पौडेल लामिछानेको स्वरमा रहेको मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक भएको छ । गीतमा बालकलाकार सगुन आचार्य र अपर्ण परियार समेतको स्वर रहेको छ । गीतमा गायक अर्जुनकै शब्द तथा संगीत रहेको छ ।

मौलिक लोक लयमा आधारित गीत भएको कारणले पनि आमदर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन् । निशान एस के ले नै निर्देशन गरेको म्यूजिक भिडियोमा सुरविर पण्डित , जुना कार्की , अर्जुन पन्त ,मन्जु तामाङ्ग र बालकलाकारहरु सगुन शाही , सुदिप बत्सयाल , भुमिका बत्सयाल र अपर्ण परियार ‘जिरे’ले अभिनय गरेका छन् ।
नविन गिरीको छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया