काठमाण्डौ श्रावन ०४ – गायिका तथा उद्घोषिका मन्जु पौडेलले आफ्नी स्वर्गीय आमाको सम्झनामा एउटा तीज गीत सार्बजनिक गरेकी छिन् ।

“बाबाको आँगनी” नाममा सार्बजनिक गरिएको गीतको सुरुवातिमा मन्जुले, आमा ! म तिम्रो छोरी हुँ, रगत हुँ, तिम्रै संस्कार हुँ, तिम्रै चेतना हुँ, तिमि संगै हाँस्न सिकें बाँच्न सिकें जिबन सिकें, कला सिकें कोमलता सिकें, गाउन सिकें नाँच्न सिकें, गायन र नृत्य भित्र कलाको उच्चता भेटें, आज जुन गीत गायकी छु तिमीले गुनगुनाएको, गायको र मलाई गाउन सिकाएको गीत हो आमा ! यो गीत हो, तर गीत मात्र होइन मेरी आमाको स्पन्दन मुटु र ममता हो । आमा ! हजुरको आवाजमा बर्षौं सुनेको यहि गीतमा आज आफ्नो स्वर भरेर तिम्रै सम्मानमा अर्पण गरेकी छु । आमा ! दुधको भारा त तिरेर सकिन्न सकिन्न तर आज लाग्दैछ, गीतको भारा पनि तिर्न नसकिँदो रहेछ । यो त मेरी आमाको स्मृतिमा सम्मान हो श्रद्धा हो, हो मेरो मनको चोखो समर्पण ।

मन्जु द्वारा मुटु भक्कानो बनाउँदै बोलिएको यी सम्बादले नै आमा गुमाएका हरकोहि छोरीहरुको मुटु चिस्याउन सक्दछ ।

प्रस्तुत गीतको सुरुवातीको शब्द यति घत लाग्दो भएता पनि तिनै आमाले दिएकी सिक्षालाई आत्मासाथ गर्दै “बाबाको आँगनी” बोलको गीतलाई रोमान्चक सैलिमा तयार पारिएको छ । गीतमा मन्जु पौडेलको एकल स्वर रहेको छ । मन्जु की आमा स्वर्गीय भगवती देबीको नै ज्ञवाली लय संकलनबाट तयार भएको गीतलाई शब्द भने शिब हमालले भरेका हुन् ।

गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा गायिका स्वयम् मन्जु पौडेल र अनुषा पौडेलको लोभ लाग्दो नृत्य रहेको छ । यस गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया