सागर अधिकारी र इन्दिरा भट्टराईको स्वर रहेको भजन गणेश भजन ‘हे गणनायक…’ सार्वजनिक भएको छ । सागर अधिकारीकै शब्द तथा सङ्गीत रहेको भजनको भिडियो सर्वाजनिक भएको हो ।

नायव बडागुरुज्यू प्रा. डा. माधव भट्टराईको प्रमुख आतिथ्यमा राष्ट्रिय धर्मसभा नेपालको भक्तपुर स्थित शिव मन्दिरमा गणेश भजन ‘हे गणनायक…’ को भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश पराजुलीले छायाँकन रहेको भिडियोमा उत्तर मगरको सम्पादन र बसन्त सापकोटाको निर्देशन छ । एचओ एच म्युजिकको अफिसियल च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया