वि.सं.२०७९ साल साउन ३० गते । सोमबार । ईश्वी सन् २०२२ अगष्ट १५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्थी, रातको १२ बजेर ४९ मिनेट उप्राान्त पंचमी । नक्षत्र–उत्तराभाद्रपदा, रातको ०१ बजेर ४२ मिनेट उप्रान्त रेवती । योग–सुकर्मा, बिहान ६ बजेर ३४ मिनेट उप्रान्त धृती । करण–बव, दिउसो ०१ बजेर १९ उप्रान्त बालव, रातको १२ बजेर ४९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–गद योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३५ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३२ घडी ४१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अग्रज तथा आफन्तसँग विवाद बढ्ने योग रहेकोछ । हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरिको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैया पैसा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

घरायसी स्रोत साधनको प्रयोग गरि आर्थिक क्षेत्र सुधार गर्न सकिनेछ । आफन्त तथा मित्रहरुको सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । राम्रो काम गरी समाजमा नाम कमाउन सकिनेछ । सवारी साधन लाभ हुने योग रहेकोछ । अध्ययनमा सुधार गर्दै राम्रो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आजको समय राम्रो रहेकोले बुवा वा बुवा सरहका मानिसबाट बिषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । पढाइकै शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समयको ख्याल नगर्दा वा साना तिना काममा भुल्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धी हासिल नहुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पती तथा बिलाशी वस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बीच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कुनै पनि प्रतिस्पर्धामा तपाईंको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्त हरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईने छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । स्कुल,कलेज बैक तथा बित्तिय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफुले मन पराएको मानिसबाट उपाहार तथा बिलाशी बस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानि हुनेछ भने नोकरिमा बढवा हुने योग रहेकोछ । बंश बृद्धिको योगलाई नकार्न सकिदैन ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

भौतिक सम्पती तथा बिलाशि वस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यावासाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बिवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई पछी पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धीत व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

तपाईको प्रतिक्रिया