वि.सं.२०७९ साल आश्विन ०९ गते आईतबार । ईश्वी सन् २०२२ सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–औशी, रातको ३ बजेर २१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– पूर्वाफाल्गुनी, बिहान ६ बजेर २ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–शुभ, बिहान ११ बजेर ४ मिनेट उप्रान्त शुक्ल । करण–चतुष्पद, दिउसो ३ बजेर ११ मिनेट उप्रान्त नाग, रातको ०३ बजेर २१ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–सिंह,मध्यान्ह १२ बजेर २० मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान ३० घडी ०५ पला । औशी श्राद्ध ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यावसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धी हासिल गर्न सकिनेछ । आम्दानिको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि वस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगती देख्न पाईनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बिवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई पछी पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाईलो गरी बिताउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

स्वास्थको बिशेष ख्याल गर्नुहोला औषधी उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथिभाईहरुले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भएपनि विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरिमा पदोन्नती हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने बिद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसायमा लगानी गरी भनेजस्तो नाँफा कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगती गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पती प्रयोग गर्न पाईनेछ । नविन विचारको प्रयोग मार्फत व्यावसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रशासनिक क्षेत्रमा तपाईंको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगती हुने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

तपाईको प्रतिक्रिया