काठमाडौं । केही वर्षदेखि पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका भिडियो आइरहेको छ ।

यहाँसम्म, श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगे । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरिएको थियो ।

तर, यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको हल्ला चलेको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिलाई मानिएको छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कालाई अनफलो गरेका छन् ।

अनफलो सब ठीकठाक छैन भन्ने हुन्छ । यतिबेला यी दुईबीच ब्रेकअप भएको कुरालाई थप बल पुगेको छ । तर, सम्बन्धमा केही मोड आएको भन्ने गसिप चल्न थालेको छ ।

तपाईको प्रतिक्रिया