काठमाण्डाै – फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुनेछन् ।

आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच खेल हुनेछ । कतार र सेनेगलबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । कतार विश्व कप आयोजक देश समेत हो । उद्घाटन खेलमा कतार इक्वेडरसँग २–० गोलले पराजित भएको थियो । त्यस्तै सेनेगललाई नेदरल्यान्ड्सले हराएको थियो । आज हुने अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच खेल हुनेछ । नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै आजराति इङ्ग्ल्यान्ड र अमेरिकाबीच खेल हुनेछ । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्ड र अमेरिकाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

विश्व कप फुटबलमा ब्राजिल, पोर्चुगल र स्विट्जरल्यान्डले विजयी सुरुवात गरेका छन् । विश्व कप फुटबलमा हिजो भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

तपाईको प्रतिक्रिया