नायिका वर्षा सिवाकोटीका लागि यो बर्ष नाटकिय नै रह्यो । उनले, यो बर्ष अचानक बिहे गर्ने निर्णय गरिन् । बैशाखको दोश्रो साता उनले बिहे गरेको खबरले उनका फ्यान र मिडियाकर्मीलाई अचम्मित बनायो ।

बिहेको केही महिनापछि श्रीमान्सँग रहन भन्दै अमेरिका हानिएकी वर्षा २ महिनामै नेपाल फर्किइन् । नेपाल फर्किएपछि उनले अमेरिका जाने कुरा गर्न छाडेकी छिन् । फिल्म बजारमा वर्षा र उनको श्रीमान्विच डिभोर्स हुन लागेको खबर खुबै चर्चामा छ । तर, यो बिषयमा वर्षा मौन छिन् ।

बरु, वर्षा अब फिल्ममा फर्किनका लागि कसरत गरिरहेकी छिन् । विगत केही समयदेखि वर्षाले बक्सिङ सिकिरहेकी छिन् । करिअरलाई विश्राम दिदै अमेरिकामा नै रहने वर्षाको सोच पुरा भएन । यसकारण पनि उनी अब फिल्म क्षेत्रमा नै बलियो रुपमा लाग्ने सोचमा छिन् । जसकाकारण, उनी बक्सिङमा तल्लिन छिन् ।

वर्षाको ‘मनसँग मन, परदेशी २, एक साथी सुन’ लगायतका फिल्म रिलिजको क्रममा छन् । बिहेपछि वर्षालाई फिल्मको अफर भने गएको छैन ।

तपाईको प्रतिक्रिया