काठमाडौं। सायना प्रेस (डिएमपिए–एस.सी) गर्भ रहनबाट रोक्न महिलाले प्रयोग गर्ने सुरक्षित र प्रभावकारी गर्भ निरोधक साधन हो। महिलाले स्वनिर्णय गरी लागाउन सक्ने र सुई लगाएको अरु मानिसलार्ई थाहा नहुने साधन हो।
परिवार कल्याण महाशाखाले महिलाले प्रयोग गर्ने गर्भ निरोधकको नयाँ साधन “सायना प्रेस(डिएमपिए–एस.सी” ल्याएको छ।
नेपाल परिवार नियोजन सङ्घ,उपत्यका शाखाले सोमबार पत्रकार सँग अन्तरक्रिया गर्दे यस अघि सिन्धुली र नवलपरासी जिल्लामा परिक्षण गरी ललितपुर,कैलाली, रूकुम, मोरङ, पर्सा जिल्लामा प्रयोगमा आइसकेको उक्त साधनको सेवा नेपाल परिवार नियोजन सङ्घ,उपत्यका शाखा, जडिबुट्टीबाट पनि प्रदान गरिने सङ्घले जानकारी दिउको हो।
परिवार नियोजनको साधन सायना प्रेस पहिलो पटक प्रयोग गर्दा महिनावारी भएको सात दिनभित्र र त्यसपछिको मात्रा तीन÷तीन महिनाको अन्तरालमा लगाउन सकिनेछ भने सुत्केरी भएको ६ हप्तापछि लगाउन सकिने नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखामा कार्यरत वरिष्ठ नर्स विभा राईले जानकारी दिएकी छन्।
राईले यस अघि प्रयोगमा आएको डीपोप्रोभेराको सट्टामा होइन कि त्यसले जस्तै गर्भ निरोधका लागि महिलाले प्रयोग गर्ने नयाँ साधन आएको जानकारी दिईन्।
सायना प्रेसलाई पनि सानो सुइको माध्यमबाटै पेट, पाखुरा वा तिघ्राको बोसो जमेको भागमा लगाउन सकिनेछ।
नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखा प्रमुख शरद अर्यालले सङ्घमार्फत पहिलो पटक सेवाग्राहीका लागि प्रदान गर्न लागेको सायना प्रेस, डिपोप्रोभेरा र अन्य परिवार नियोजनका साधन जत्तिकै भरपर्दो रहेको परिक्षणबाट प्रमाणित भएपपछि आगामी माघ महिनादेखि सो शाखाले सायना प्रेस प्रयोगको सुविधा निःशुल्क उपलब्ध गराउन लागेको बताए।
सायना प्रेसले यौन सम्पर्कमा कुनै प्रकारको असर नपर्ने , यौन सन्तुष्टीमा कमि नहुने भएकाले डीपोप्रोभेरा सुई भन्दा सायना प्रेस फाइदाजनक रहेको छ।

तपाईको प्रतिक्रिया