काठमाण्डौ चैत्र 02 – नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागी निकै लामो समय देखि जुटिरहेका लोकप्रिय कलाकार शम्भु बराइली, गीता देबी र अन्जन दुलालले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा “लौन हौ” बोलको गीतलाई सार्बजनिक गरेका छन् ।

बिशेष गरेर आफ्नो मौलिक पनलाई छातीमा राखेर कला क्षेत्रमा क्रियासिल उनीहरुको यो प्रस्तुति पनि निकै लोभ लाग्दो बनेको छ । यस गीतको म्युजिक भिडियो हेर्दा गाउँ ठाउँका कुनै मेला पर्वमा सहभागी भएको महसुस हुन्छ ।

शिव नारायण जोशीको लय र महेश नेपाल द्वारा लेखिएको गीतमा शम्भु बराइली, अन्जन दुलाल र गीता देबीको स्वर सुन्न सकिन्छ । गीतमा एक सुन्दरी युवतीको रुपको चर्चा गर्दै उसलाई आफ्नो मायाजालमा पार्ने भाव समाबेश छ । यस गीतको म्युजिक भिडियोमा कुमार सुनेल र निहारिका थापाको आकर्षक अभिनय देख्न सकिन्छ ।

मिलन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन सरोज शाहीको रहेको छ भने सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई मिलन फिल्म्स प्रडक्सन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया