विराटनगर । नेपाल खेलकुद महासंघले मोरङका दुई क्रिकेट खेलाडीलाई सम्मान गरेको छ।

विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर ललित राजवंशी र युवा क्रिकेट खेलाडी दीपेश कँडेल सम्मानित भएका हुन्।

राष्ट्रिय टोलीका खेलाडी राजवंशी र अन्डर १९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार नगदसहित सम्मान गरेको हो।

सोही क्रममा महासंघका अध्यक्ष पर्शुराम बस्नेतले क्रिकेटले नेपाली खेल जगतमा नयाँ आयाम कोरेको बताए। उनले खेलाडीको भविष्य र संरक्षणमा महासंघले साथ दिने जनाए।

यससँगै दुवै खेलाडीलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले समेत पुरस्कारसहित सम्मान गर्दैछ।

तपाईको प्रतिक्रिया