काठमाडौं :

पछिल्लो समयकी चर्चित मोडल हुन् गरिमा शर्मा । उनले अहिलेसम्म २ वटा फिल्ममा काम गरिसकेकी छन् भने अर्को एक फिल्ममा हालै अनुबन्धित छिन्। उनले डेब्यू फिल्मको रुपमा ‘लण्डन टू पेरिस’ हो । यो फिल्म निर्माण भएर पनि प्रदर्शनको तयारीमा रहेको छ।

गरिमाले दोश्रो फिल्मको रुपमा काम गरेको फिल्म ‘ह्रस्व दीर्घ’ हो । नीता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । अझै यो फिल्म निर्माणकै क्रममा रहेको छ।यो फिल्मको काम नसकिदै गरिमाले नयाँ फिल्म ‘दौतरी’मा काम गर्ने पक्का भइसकेको छ।

हालै यस फिल्ममा अनुबन्धित भएकी गरिमाको तेस्रो फिल्म हो। यस फिल्ममा उनीसँगै अभिनेताद्धय आर्यन सिग्देल र मुकुन भुषाल रहेका छन्। यस फिल्मलाई मधुसुदन भट्टराइले निर्देशन गर्दैछन्। उनले खेलेको फिल्म अब कहिले चल्छ भन्नेमा आम दर्शकको चासोको विषय बनेको छ।

तपाईको प्रतिक्रिया