काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

 

सोही क्रममा नयाँ पृथक खालको गीत “खती” सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली ब्यक्ती डि.आर सुजनको स्वर रहेको छ भने साहित्यकार बिमला हुमागाई (बोध श्री) को शब्द र डि.आर सुजन कै संगीत तथा थेगो रहेको छ ।

“खती” गीतमा जन आन्दोलन, द्धन्द्धकालका कथा ब्यथा, माओबादीले नेपाली जनताहरुलाई झुटो आश्वासन दिएर, धम्की दिएर भोट हाल्न लगाएको र माओबादीको जनयुद्धबाट धेरै ब्यक्तिहरुको ज्यान गएको, कसैको बुवा आमा, कसैको श्रीमान् श्रीमती, कसैको दाजु भाई, कसैको छोरा छोरी, कसैको दिदी बहिनीको मृत्यु भएर परिवारमा पिडा थपिएको कुरालाई समेट्ने प्रयास गरिएको छ । साथै माओबादीले आन्दोलनको नाममा ज्यादती देखाएको र नेपाली चेलीबेटीहरुलाई बलत्कार गर्ने, हत्या गर्ने गरेको कुरा पनी म्युजिक भिडियोमा प्रस्तुत गर्न खोजिएको छ ।

यस गीतकी गीतकार बिमला हुमागाई (बोध श्री) र यसै गीतका गायक, संगीतकार तथा निर्देशक डि.आर सुजन भन्छन् “हामीले यथार्थ कुरा समेट्ने र भिडियोमा उतार्न खोजेका छौं । माओबादीको सरकार भएको बेला उनीहरुमा चेतना आओस् र बिगतलाई सम्झने कोसिस् गरुन् भन्ने उदेश्यले पनी हामीले यो गीत सार्वजनिक गरेका हौं । यदी हामीलाई सरकारले कारबाही गर्छ भने जस्तो सजाय पनि भोग्न तयार छौं ।”

माओबादी सरकारले केही दिन अघी अयोग्य लडाकुहरुलाई नेपाल सरकारबाट २ / २ लाख को दरले भत्ता दिने निर्णय पनि गरेको छ । यही निर्णय भएको बेला “खती” नामक गीत सार्वजनिक गरिएको कुरा निर्माण पक्षले बताएको छ ।

“खती” नामक गीतमा डि.आर सुजनको कथा तथा निर्देशन रहेको छ भने करण चैशिरको छायांकन, बिबेक सुनारको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा रिता केसी, डि.आर सुजन, बिमला हुमागाई (बोध श्री), सुर्य ओली, शुष्मा खड्का, बिमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङ आदीको अभिनय रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया