विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा भब्य सम्मान सहित नगरपरिक्रमा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगर महानगरपालिका परिक्रमा गराईएको हो ।

कोच मोन्टी देसाई, कप्तान रोहित पौडेल, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, विराटनगरका ललित राजबंशी सहितका खेलाडीहरू सहभागी भएका थिए ।

राष्ट्रिय क्रिकेट टिमलाई सम्मानसहित विराटनगर परिक्रमा गराउनका लागी विराटनगर विमानस्थलमा समर्थकको भिड लागेको थियो। विमानस्थलबाट नगर परिक्रमा सुरू गरिएको हो।

खेलाडिहरुलाई विराटनगर कन्चनबारीबाट बरगाछी–तीनपैनी–रोडशेष–महेन्द्रचौक हुदै पुन ः बरगाछीमा ल्याएर नगरपरिक्रम सम्पन्न गरिएको थियो । लिग २ का १२ मध्ये ११ खेल जितेर जिम्बावे यात्रा निश्चित गरेको नेपालले त्यहाँ विश्वकप छनोट खेल्नेछ ।

वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, अमेरिका र युएईले छनोट खेल्नेछन् ।

तपाईको प्रतिक्रिया