काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले करिब ९ महिनापछि नृत्य गरेको गीत “बेसारे माया” सार्वजनिक भएको छ । यस गीतमा मेलिना राई र अशोक सुनारको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको शब्द, संगीत रहेको छ ।

भिडियोमा उनै लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशन रहेको छ भने हरी हुँमागाईको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर बिसी र मेलिना तामाङको नृत्य तथा अभिनय हेर्न पाईन्छ । यसअघि शंकर बिसी अमेरिकाबाट नेपाल आएपछि उनको निर्देशनमा धेरै गीतहरु बजारमा आएका थिए तर अमेरिकाबाट नेपाल आए पश्चात ९ महिनामा नृत्य अभिनय गरेको पहिलो गीत यही हो । यस गीतलाई रमेश परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया