काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा वेष्ट ईण्डिजले नेपाललाई विशाल लक्ष्य दिएको छ । हरारेमा जारी खेलमा वेष्ट ईण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको हो ।

हरारेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरनको शतकीय पारीमा वेष्ट ईण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनायो । होप र पुरनले २१६ रनको साझेदारी गरे । कप्तान होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनले १० चौका र ३ छक्का प्रहार गरे । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

यस्तै पुरनले ९४ बलमा ११५ रन बनाए । उनले १० चँौका र ४ छक्का प्रहार गर्दै दिपेन्द्र सिंह ऐरीको बलमा आउट भए । नेपालले सुरुआत राम्रो गरेको थियो । पहिलो पावर प्लेमा नेपालले वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो । नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो । नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए । पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चार्ल्सलाई आउट गराएका थिए ।

तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । यस्तै रोभमन पावेलले १४ बलमा २९ रन तथा जेसन होल्डरले १६ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १र१ विकेट लिए ।

तपाईको प्रतिक्रिया