काठमाण्डौ असार १५ – बिशेष गरेर टिकटकमा जोसिलो ढंगबाट प्रत्यक्ष दोहोरी प्रस्तुत गरेर भाइरल बनेका लोकप्रिय गायक तथा सर्जक बद्रि सिटौलाले फेरी अर्को गीत लिएर आएका छन् । उक्त गीत “रानी फुल” बोलको रहेको छ । स्थायी घर नुवाकोट भएका उनले यस भन्दा अगाडी पनि थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । मौलिकताको नाममा विकृतिजन्य गीत बजारमा आउन हुन्न भन्ने मान्यता राख्ने बद्रि द्वारा सार्बजनिक गरिएका गीत आफ्नै कला संस्कृति र मौलिकतामा रुमलिएका हुन्छन् । यसपटकको गीत पनि उस्तै रहेको छ ।
गीतमा आफुले माया गरेको मान्छेको अगाडी अन्जानमा भएको गल्तिमा यति ठुलो सजाएँ किन भन्दै प्रश्न चिन्ह खडा गरिएको छ । निकै रोमान्चक स्वादमा तयार भएको “रानी फुल” बोलको गीतलाई लय शब्द बद्रीले नै भरेका हुन् भने स्वर बद्रि सिटौलाको साथमा प्रतिमा अर्यालको पनि सुन्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निरुता खनाल, आर.एन बिरही, सपना अधिकारी, शुश्मिता के सी, साधना घिमिरे र सुनिता पराजुलीको अभिनयले अझै थप आकर्षक बनाएको छ । गीतको अडियो तथा भिडियोलाई बद्रि लोकमाला युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।