२३ आषाढ २०८०, झापा । नेपाल सरकार, संचार तथा सूचना प्रबिधि मन्त्रालय, चलचित्र बिकाश बोर्डको बिशेष सहयोगमा श्रीभा सन्चार प्रा. लि र जनचेतना नेपालले झापा जिल्लाको बिर्तामोड नगरपालिकामा अवस्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसमा “नेपाली चलचित्रमा पर्या-पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धि, एकदिने चलचित्र कार्यशाला -२०८०” चलचित्र क्षेत्र सग सम्बन्धित ८० जना युवाहरूको सहभागितामा सम्पन्न भएको छ । कार्यक्रम श्रीभा सन्चारका प्रबन्धक निर्देशक गोबिन्द कार्किको सभापतित्वमा सुरु भएको थियो भने प्रमुख अतिथि जनचेतना नेपालका केन्द्रिय अध्यक्ष बालकृष्ण निरौलाज्यू,बिशिस्ट अतिथि, बरिस्ठ चलचित्र निर्देशक निर्माता, चिरञ्जीवी बस्नेत, लेखक निर्देशक बिश्वमणि घिमिरे समाजसेबि,दानबिर,शेर बहादुर थापा,साना किसान बिकास बैकका ईलाका प्रमुख शुभाष गौतम,चन्द्र सूर्य युवा कल्बका अध्यक्ष मेदनि घिमिरे, युवा आवाजका अध्यक्ष सेवन्त पोखरेल,जनचेतना नेपालका कोशी प्रदेश सम्योजक,खेमराज अधिकारी लगाएत विभिन्न ब्यक्तिहरु उपस्थिति रहेको कार्यक्रमको ब्यवस्थापन गोबिन्द कार्किले गर्नु भएको थियो ।

निर्माता निर्देशक चिरञ्जीवी बस्नेत र निर्देशक बिश्वमणि घिमिरेले चलचित्र कार्यशाला सम्बन्धि औचित्य प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा प्रमूख अतिथि निरौला र बिषेश अतिथि शेर बहादुर थापाले आगामी दिनहरुमा चलचित्र सम्बन्धि प्रशिक्षण राख्नु पर्ने र उक्त कार्यको लागि जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनु भयो, कार्यशालामा उपस्थिति सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो भने जनचेतना नेपालको निर्माण बालकृष्ण निरौलाको निर्देशन रहेको चलचित्र “यूवा उत्पेरणा”पनि प्रदर्शन गरिएको कार्यशाला आयोजनामा श्रीभा सन्चार सग जनचेतना नेपालले सहकार्य गरि सम्म्पन्न भएको कार्यक्रम जनचेतना नेपालका झापा जिल्ला सम्योजक शिव कुमार मैनालीले सन्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया