काठमाडौं । अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको उनले बताए । नदीपुरका प्रहरी इन्चार्ज अनुराग चन्दले पनि घटनाबारे पुष्टि गरे ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको जनाएका छन् ।

घिमिरे अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले हलमा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया