मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडाका श्रीमान् निक जोनसको घरमा अहिले केहि विवाद चलिरहेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रियंकाका जेठाजु जो जोनस र जेठानी सोफी टर्नरले केहि दिन अगाडि एक–अर्कासंग सम्बन्ध विच्छेद गरेका थिए । त्यसपछि उनीहरुबीच सन्तानको कस्टडीलाई लिएर विवाद भइरहेको छ ।

त्यस्तै, अहिले सोफीले जो जोनसका परिवारका अन्य सदस्यहरुसंग पनि सम्बन्ध तोड्न थालेकी छिन् । सोफी टर्नरले देवरानी प्रियंका चोपडालाई सामाजिक सञ्जालमा अनफलो गरेकी छिन् । त्यति मात्र नभएर प्रियंकाले पनि सोफीलाई अनफलो गरेकी छिन् ।

एउटा त्यस्तो समय थियो, जतिबेला प्रियंका र सोनी टर्नर घनिष्ठ मित्र पनि थिए । उनीहरु एक–अर्कासंग अत्यधिक नजिक थिए । विभिन्न अन्र्तवार्तामा प्रियंका र सोफी एक–अर्काको प्रशंसा गर्दै गरेको देखिन्छ ।

त्यसो त केही समयअघि मात्र दाजु–भाइको परिवार नै एकैसाथ लण्डन शिफ्ट हुन लागेका थिए । तर त्यो भन्दा पहिला नै प्रियंकाका जेठाजू र जेठानीको सम्बन्ध विच्छेद भयो । प्रियंकाले जो र सोफीको सम्बन्ध विच्छेद भएको कुरामा कुनै प्रतिक्रिया दिएकी छैनन् ।

जो र सोफी टर्नरले सन् २०२० मा लस भेगासमा विवाह गरेका थिए । जो र सोफीका दुई सन्तान छन्, जसबाट तीन वर्षका छोरी भिला र १५ महिने छोरी छन् । दुबै यहि वर्षको सेप्टेम्बर महिनामा छुट्टिएका थिए ।

तपाईको प्रतिक्रिया