तेह्रथुमको पञ्चकन्या शनिश्चरे बजारमा अबस्थित सुनगाभा ईङ्लिस बोडिङ् स्कुलले शुभ दिपावालिको अवसरमा आयोजित तिहार तथा शुभदिपावली देउसी भैली शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरु द्धारा नृत्य प्रस्तुत गरिएको थियो ।अभिभावक तारा प्रकाश चेम्जोङ्कद्धारा विद्यालयलाई खेलकुद सामाग्री प्रदान गर्नुभएको थियो । आदिवासी जनजाती महासंघ सदस्य टेकराज तिगेला लिम्बू, छथर(२ नं। वडाध्यक्ष कुल बहादुर लिम्बू, ३ नं।वडा दलित महिला वडा सदस्य मनमाया दर्जी, कृषी सहकारी संघ कोशी प्रदेश कमिटी सदस्य भिम बहादुर थापा, अरनीको सेकेन्डरी बोर्डिङ् स्कुल म्याङलुङका सहायक प्रन्सिपल सुबाश ढुङ्गाना, अभियान्ता चिनकुमार लिम्बू, भुपु ३ नं।वडा सदस्य फौदराज लिम्बू मनतब्य राख्नुभएको थियो । कार्यक्रम सुनगाभा ईङ्लिस बोडिङ् स्कुलका फाउण्डर होम पारघरी लिम्बूको अध्यक्षता र प्याब्सन केन्द्रिय सदस्य प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको । कार्यक्रममा छथर गाउँपालिका वडाध्यक्षहरु( महेन्द्र मादेन, कुल बहादुर लिम्बू, पुष्पबहादुर कार्कीको उपस्थिति रहेको थियो, उक्त कार्यक्रममा ड्रागन फ्रुट खेति गर्दै आउनुहुने तेह्रथुम जिल्ला छ्थर गाउँपालिका वडा नं।(४ सिंङजेवा मा पहिलो ड्रागन खेती सुरु गर्नुहुने सफल व्यावसायि निराहाङ्ग ईमेहाङ लिम्बु र तेह्रथुम जिल्ला छ्थर गाउँपालिका वडा नं।(३ लुकुवा मा सबैभन्दा ठुलो ड्रागन खेती गर्नु सफल हुनुहुने उज्वल कुरुम्भङ खजुम लिम्बुलाई सुनगाभा ईङलिस बोडिङ स्कुलले उक्त कार्यक्रमा प्रमुख अतिथि प्याब्सन केन्द्रिय सदस्य प्रेम बहादुर खड्का र विशेष अतिथी आदिवासी जनजाती महासंघ सदस्य टेकराज तिगेला लिम्बूबाट सम्मान पत्र सहित सम्मान गरेको छ। स्थानीय सरकारबाट आफूहरुले कुनै सहयोग नपाएको द्धय कृषकहरुले गुनासो पोख्नु भयो।कार्यक्रम संचालन विद्यालयका प्रिन्सिपल सुनिता लिम्बूले गरेका थिए ।

तपाईको प्रतिक्रिया