काठमाण्डौ मंगसिर ०३ – नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको पन्चेबाजा  “पारिजातको बोट” बोलको गीत हालै सार्बजनिक भएको छ । गीत निकै उत्कृष्ट बनेको छ । आफ्नै गाउँ ठाउँमा गुन्जिने पन्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । खिमानन्द खरेलको लय तथा शब्द र रामचन्द्र चन्दको सगीत सम्योजनमा सजिएको यस गीतको म्युजिक भिडियोलाई पाल्पाको रमणीय स्थल बौघागुम्मामा छायाङ्कन गरिएको हो ।

पृज्म स्टुडियोमा रेकर्ड गरिको गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिङ गरेका हुन् भने अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तिको यस गीतको म्युजिक भिडियोमा अभिनय देख्न सकिन्छ । सुमन थापाको निर्देशन र कोरियोमा तयार भएको भिडियोलाई राम केसीले छायाङ्कन र अमृत चौलागाईंले सम्पादन गरेका हुन् । भिडियोलाई Revensh music Youtube च्यानल मार्फत सार्बजनीक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया