काठमाण्डौ मंगसिर ०८ – स्थायी घर सिन्धुली भएर बिगत निकै लामो समय देखि नेपाली लोक संगीतको सम्बर्धन तथा प्रबर्धनमा लागेको गायक तथा सर्जक बाबुराम भट्टराईले भर्खरै मात्र “कस्को ट्याटु” बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेका छन् । आफ्नो गीतको स्वाद भित्र बिकृति र विसंगतिलाई उजागर गर्न रुचाउने भट्टराईले यस भन्दा पहिलेका गीतलाई जसरी अशंख्य श्रोता तथा दर्शकहरुले रुचाईदिनु भयो उसै गरेर नै यस गीतलाई पनि रुचाई दिनुहुनेछ भन्ने बिश्वास गरेका छन् ।

“कस्को ट्याटु” बोलको गीतमा बाबुराम भट्टराईको साथमा स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । बिशेष गरेर एक प्रेमी आफ्नी प्रेमिका प्रति मोहित भएपछी छातीमा उस्को नामको ट्याटु खोपेको रोमान्चक प्रेमकथामा तयार भएको गीतलाई लय दिनेश श्रेष्ठले भरेका हुन् भने शब्द अमृत भारतीले तयार परेका छन् ।

BBST OFFICIAl युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतलाई छोटो समयमा नै धेरै दर्शकहरुले हेरिसकेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा प्रदिप रोक्का, ऋतु अधिकारी जल्जला, सबिना तिमल्सिना, सुनिता कालिकोटे र निरुता भुजेलको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई मिलेन श्रेष्ठले निर्देशन, कोरिग्राफी राजाराम सिम्खडाले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन बिनोद बमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया