काठमाण्डौ मंगसिर १० – बिशेष गरेर लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट ख्याती कमाएका लोकप्रिय सर्जक गणेश चौलागाईंले भर्खरै मात्र एउटा आधुनिक गीत सार्बजनिक गरेका छन् । उक्त गीत “दुश्मन खुसि” बोलको रहेको छ । स्थायी घर दैलेख भएर हाल रोजगारीको शिलसिलामा प्रबास रहेका उनले हाल सम्म दर्जनौं गीत लेखेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

गणेशको हालै बजारमा आएको गीतमा राज सिग्देलको सुमधुर स्वर रहेको छ भने शब्द गणेश चौलागाईं र संगीत राजकुमार मगरको रहेको छ । आफ्ना जीवनका सारा खुसि नै दुश्मन बनेपछि पिर र कसैको यादको तस्बिर संग माया बसेको वियोगान्त कथामा तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन राज के सी ले गरेका छन् ।

बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको गीतको म्युजिक भिडियोमा एल बि बिस्वकर्मा, महिमा न्यौपाने र पुष्पा महर्जनको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया