विश्वका १७ देशमा विस्तारित अन्र्तराष्ट्रिय पर्यटन शैक्षिक तथा व्यवसायिक एलाइन्स जीटीटीपि९न्यिदब ित्चबखभ िबलम त्यगचष्कm एबचतलभचकजष्उ० को आयोजनामा चार दिवसीय अन्र्तराष्ट्रिय पर्यटन सम्मेलन दुबईमा सम्पन्न भएको छ । सम्मेलनमा ब्राजिल, क्यानडा, चीन, फ्रान्स, हङकङ, हंगेरी, भारत, आयरल्यान्ड, जमैका, केन्या, नेपाल, न्यूजिल्याण्ड, ओमन, फिलिपिन्स, दक्षिण अफ्रिका, तान्जानिया र बेलायत गरि १७ राष्टका करीव २०० जनाको सहभागिता रहेका थियो ।
कार्यक्रममा आ–आफ्नो देशमा भएको नेशनल कन्फरेन्स मार्फत हरेक देशबाट ््विजयी भएका दुइ जना विद्यार्थी तथा एक जना शिक्षकसहितको टोलीले आफ्नो देशको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।कार्यक्रममा नेपालको तर्फबाट बालोदय मा.वि पोखराकी ११ कक्षामा अध्यनरत दक्षिणा बराल र विद्यासागर स्कुल काठमाण्डौकी ९ कक्षामा अध्यनरत बर्षा खड्काले दिगो पर्यटनका लागि लचिलो जनशक्तिको उपादेयता र आवश्यकता शीर्षकमा रिसर्च रिपोर्ट प्रस्तुत गरेका थिए । रिपोर्टमा नेपालको पर्यटनको वर्तमान अवस्था, चुनौती, समाधानको उपाय तथा दिगो पर्यटनको लागि भइरहेका प्रयास तथा नेपालको पर्यटन क्षेत्रमा यूवा सहभागिताको आवश्यकता तथा टुरिजम करियरको संभाव्यता जस्ता विषयहरु समेटिएका थिए ।सम्मेलनमा नेपालको जोडदार प्रस्तुति सबैको आर्कषणको विषय बनेको थियो । सम्मेलनमा सहभागी भएका विद्यार्थीहरु विश्वभरका करीब एक हजारप्रतिस्पर्धीहरुमाझबाट छनौट भएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुका अतिरिक्तजीटीटीपीका १७ देशका निर्देशक, एडभाइजरी बोर्ड मिम्बर्स , पर्यटन सम्वद्ध उद्यमी , कर्परेट हाउसका प्रतिनिधिहरु तथा ब्mबमभगक, ःबचचष्यततक्ष्लतभचलबतष्यलब,ि क्ष्ज्न् होटल्स एण्ड रिसोर्ट्स जस्ता जीटिटिपीका ग्लोबल तथा क्षेत्रीय पार्टनरहरूको सहभागीता रहेको थियो । सम्मेलनका सहभागीहरुलाई फुड तथा अकमोडेसनको प्रायोजन दुवईस्थितक्ष्ज्न् होटल तथा रिसोर्ट्सले गरेको थियो ।सम्मेलनको दोस्रो दिन दुबई टुरिजम कलेजका उच्च तहका प्रतिनिधिहरु तथा पर्यटन सम्वद्ध क्षेत्रका प्रख्यात व्यक्तित्वहरुले विद्याथीहरुलाइ आफनो अनुभव तथा सफलताका कथाहरु सुनाएका थिए ।न्त्त्ए की कार्यकारी निर्देशक आनी लोटरले विद्यार्थी र अन्य सहभागीहरुले पर्यटनका क्षेत्रमा देखाएको जोसले आफु निकै उत्साही भएको बताइन् ।
कार्यक्रममा सहभागीहरुले पर्यटन क्षेत्रमा कस्तो भविष्य छ र अहिलेको युवावर्गहरु के चाहान्छन् भन्ने विषयलाई स्पस्ट पारेका थिए । सम्मेलन विद्यार्थीहरुको आ आप्mनो देशको पर्यटन प्रर्वधन गर्न, विश्वभरका विद्यार्थीहरुसँग भेट्न र घुलमिल हुन एक महत्वपूर्ण प्लेटफर्म भएको सहभागीहरुको निचोड थियो । प्रायोजकहरुले पनि पर्यटन जस्तो विश्वमै उदाउदो क्षेत्रमा यसरी सहभागी हुन पाउनु अत्यन्त राम्रो विषय भएको वताएका थिए । कार्यक्रममा सहभागी सबै विद्यार्थी र शिक्षकहरुलाइ आइएचजी एकेडेमीको अनलाइन कक्षाबारे जानकारी उराउदै हस्पिटालिटि क्षेत्रमा उपलव्ध विविधसेवा तथा सुविधाबारे होटल घुमाएरै जानकारी गराइएको थियो भने दुवइ शहरमा पर्यटनका लागि भएका पछिल्ला विकासहरुबारे जानकारी गराउन करीव ४ घन्टाको साइटसिंग कार्यक्रममा सहभागि गराइएको थियो । त्यस्तै कार्यक्रमको अन्तिम दिन मेरियट होटलले गाला डिनरको कार्यक्रम राखेको थियो । कार्यक्रममा हरेक देशका सहभागीले आफ्नो देशको संस्कृति झल्काउने साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।