काठमान्डौ मंगसिर १० – बिगत निकै लामो समय देखि नेपाली लोक संगीतको सम्बर्धन तथा प्रबर्धनमा जुटेकी गायिका एवम् सर्जक बसन्ती सुनुवारको पछिल्लो लोक दोहोरी गीत “मनमाया” हालै सार्बजनिक भएको छ । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवम् दर्शकहरुको मन जितिसकेकी छिन् । बसन्ती गायिका एवम् सर्जक मात्र होइनन् एक सफल व्यवसायी पनि हुन् । आफ्नो पारिवारिको जिम्मेवारी संगै उनि गीत संगीतमा पनि रमाउने गर्दछिन् । बसन्तीलाई गीत संगीत जीवनमा  अपरिहार्यता लाग्छ । उनि भन्छिन्, बरु एक छाक खाएर बाँच्न सकिएला गीत संगीत बिना जिबन अधुरो लाग्छ ।

उनको हालै बजारमा आएको गीतमा सन्तोष बिसी को लय तथा बसन्ती सुनुवार को शब्द साथै बसन्ती सुनुवार र सन्जिब लगुनको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका एवम् सर्जक बसन्ती सुनुवारको सार्बजनिक गीतको म्युजिक भिडियोमा किरण सुनार, सबिता राई र कुमार सुनारको आकर्षक अभिनयमा देख्न सकिन्छ । एक युवतीको रुपमा मोहित भएपछीको मायाका भावमा तयार भएको गीतको म्युजिक भिडियोलाई निर्देशन सन्तोष बिसीले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना, कोरियोग्रराफी राजाराम सिम्खडा र सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् ।  गीतको अडियो तथा भिडियोलाई बसन्ती सुनुवार युट्युब च्यानल मार्फात सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया