तेल अबिब । प्यालेस्टिनी सशस्त्र समूह हमासले थप दश इजरायली र दुईजना थाई नागरिकलाई मुक्त गरेको छ । इजरायलले पनि तीस प्यालेस्टिनीलाई आफ्नो जेलबाट छाडेको छ ।
संघर्षविश्रामको पाँचौं दिन हमासले थप १२ बन्धक रिहा गरेको हो ।
आज संघर्षविश्रामको छैटौं दिन हो । थप गरिएको दुई दिनको समय आज सकिँदै छ । हिजो कैद मुक्त भएका प्यालेस्टिनीहरुले इजरायली जेलमा आफूलाई दुर्व्यवहार गरेको बताएका छन् ।
हालसम्म इजरायली र विदेशी नागरिक गरेर ८१ जनालाई हमासले मुक्त गरेको छ । यस्तै इजरायलले १८० प्यालेस्टिनीलाई कैद मुक्त गरेको छ । अब १५९ बन्धक हमासको नियन्त्रणमा छन् । नेपाली युवा विपिन जोशीको सकुशल रिहाइ अझै निश्चित भएको छैन ।










